स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ दरौँ बजारमारा स्थित खेलमैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा रिठ्ठा झाक्री युवा क्लब सिमलचौरलाई हराउँदै मिलन युवा क्लब ओरस्टे फाइनलमा प्रवेश गरेको छ ।
मिलन युवा क्लबले रिठ्ठा झाक्री युवा क्लबलाई ३-० को सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको हो । मिलन क्लबले रिठ्ठा झाक्रीलाई २५-२०, २५-१९ र २५-१३ अंकले पराजित गरेको हो ।
यस्तै, आयोजक बजारमारा युवा क्लब `ए´ले सोझो सेटमा आयोजक `बि´लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद ४५ हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार र सान्त्वनाले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्ल्बका अध्यक्ष अरुण गुरुङले बताए ।
बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डर गरि विभिन्न पाँच विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा आयोजित चैत्र २४ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १६ टिमको सहभागी रहेको छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस