दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो ।
पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् ।
गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डकन्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजक छन् । उनी खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव हुन् ।
पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।
यही वैशाख ८ गते पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।
अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा परेका छन् । हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर