गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।
प्रदेश प्रमुख नियुक्तिपछि पहिलोपटक गृहनगर पुगेका भट्टलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँपालिकाबासीको तर्फबाट दोसल्ला, खादा तथा अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दन गरेका हुन् ।
नागरिक अभिनन्दन अघि स्थानीयबासीले प्रदेश प्रमुख भट्टलाई विभिन्न झाँकी तथा खादा माला सहित रावतकट्टेमा स्वागत गरेका थिए ।
स्थानीय जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टे स्थित रत्न आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरिएको समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले जोरायल गाउँपालिकाबासीले आफूलाई प्रदान गरेको यति धेरै माया र सम्मानको लागि आभार प्रकट गरे ।
आफूले जीवनको महत्वपूर्ण समय जोरायलवासी दाजुभाई तथा दिदी बहिनीहरुसँगै बिताएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले जोरायलबासीको साथ र सहयोगले नै आफू राज्यको महत्वपूर्ण पदमा पुग्न सफल भएको बताए ।

आफू जिम्मेवारीको हैसियतले गण्डकी प्रदेशको प्रमुख भएपनि जोरायलको विकास र समृद्धिमा आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जीवनको महत्वपूर्ण समय राजनीति तथा समाजसेवामा बिताएका डिल्लीराज भट्टलाई ढिलै भएपनि राज्यले सम्मान गरेको बताए ।

प्रदेश प्रमुख भट्ट जोरायल गाउँपालिकाबासीको अभिभावक रहेको बताउँदै गाउँबासीको तर्फबाट सम्मान तथा अभिनन्दन गर्न पाउँदा खुशी लागेको बताए ।
जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले जीवनमा सधैं त्याग र निष्ठाको राजनीति गरेका भट्टलाई राज्यले गरेको सम्मानले जोरायल गाउँपालिकाबासीलाई हर्षित बनाएको बताइन् ।

कार्यक्रममा संविधानसभा सदस्य कृपासिंह राना लगायतले बोलेका थिए ।






सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो