धनगढी — सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दाबी पेस गरेका हुन् ।
सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । पहिलो पटकको आह्वानमा नागरिक उन्मुक्तिकै दुुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी दुुवै जनालाई अस्वीकार गर्दै मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरेका थिए ।
बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्न दिइएको अन्तिम दिन हो । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि बुुधबारदेखि अन्योल भएको थियो । एमालेले आफ्नो अडान कायम राखेमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर भए पनि दाबी पेस गर्ने तयारी पनि सँगसँगै थालेको थियो । त्यसका लागि कांग्रेस पनि एकीकृत समाजवादीलाई समर्थन गर्न तयार भएको थियो । यसअघि एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध ‘विद्रोह’ गरेपछि हलचल पैदा भएको थियो ।
एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि केन्द्रीय सत्ता गठबन्धनमै तरंग पैदा भएको थियो । एकीकृत समाजवादीको कदमले केन्द्रीय सत्ता गठबन्धनमै असर पर्ने नेखिएपछि गठबन्धनका शीर्ष नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएका थिए ।
उक्त समझदारीपछि मंगलबार एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि हलचल थामथुम भएको थियो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु