धनगढी — सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दाबी पेस गरेका हुन् ।
सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । पहिलो पटकको आह्वानमा नागरिक उन्मुक्तिकै दुुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी दुुवै जनालाई अस्वीकार गर्दै मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरेका थिए ।
बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्न दिइएको अन्तिम दिन हो । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि बुुधबारदेखि अन्योल भएको थियो । एमालेले आफ्नो अडान कायम राखेमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर भए पनि दाबी पेस गर्ने तयारी पनि सँगसँगै थालेको थियो । त्यसका लागि कांग्रेस पनि एकीकृत समाजवादीलाई समर्थन गर्न तयार भएको थियो । यसअघि एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध ‘विद्रोह’ गरेपछि हलचल पैदा भएको थियो ।
एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि केन्द्रीय सत्ता गठबन्धनमै तरंग पैदा भएको थियो । एकीकृत समाजवादीको कदमले केन्द्रीय सत्ता गठबन्धनमै असर पर्ने नेखिएपछि गठबन्धनका शीर्ष नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएका थिए ।
उक्त समझदारीपछि मंगलबार एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि हलचल थामथुम भएको थियो ।
सम्बन्धित खबर
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
एमाले ११औं महाधिवेशन: निर्वाचनको नतिजा भोलि मात्रै आउने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?