इलाम — किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले सबैभन्दा बढी मत ल्याएका छन् । उक्त गाउँपालिका वडा नं. ५ मा ९५ प्रतिशत मत पाएसँगै काँग्रेसका उम्मेदवारलाई कडा टक्कर दिइरहेको छ ।
माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ । लिम्बूले माङ्सेबुङ-५, लारुम्बामा सबैभन्दा बढी १०३२ मत प्राप्त गरेका छन् । वडा नम्बर-५ मा लिम्बूपछि एमालेका सुहाङ नेम्बाङले ६९ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ४९ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले भने उक्त वडामा ३ मत मात्र पाए । माङ्सेबुङमा मिलनले सबैभन्दा बढी आफ्नै वडा नम्बर २ मा ९६ मत मात्र पाएका हुन् । सुहाङले ५८६ मत प्राप्त गर्दा मिलनले सय मत पनि कटाउन सकेनन् ।
माङ्सेबुङ-५ राष्ट्रिय विभूति फाल्गुनन्द र धर्मगुरु आत्मनन्द लिङ्देनको जन्मस्थलसमेत हो । वडा नम्बर-५ मा ११९३ मत खसेको थियो । लिम्बूले वडा नम्बर १ मा ३७२, २ मा ३१७, ३ मा ६४०, ४ मा १६२ र ६ मा ११६ मतसहित २६३९ मत पाए ।
एमालेका सुहाङ नेम्बाङले वडा नम्बर १ मा ४११, २ मा ५८६, ३ मा ५१९, ४ मा ४११, वडा ५ मा ६९ र ६ मा ५९० गरी २५९१ मत पाए । माङ्सेबुङमा रास्वपाका मिलन लिम्बू सबैभन्दा कमजोर देखिएका छन् । उनले वडा नम्बर १ मा ३६, २ मा ९६, ३ मा ४२, ४ मा ८, ५ मा ३ र ६ मा ५८ सहित २ सय ४३ मत पाए ।
माङ्सेबुङका ६ वडामा कुल १२ हजार ५ सय ३६ मतदातामध्ये ७ हजार २ सय ६ मत खसेको थियो ।

धर्मगुरुको ‘खल्ती’ मा रहेको केही हजार मत रहेको पाउने ‘विश्वास’मा उनलाई भेट्न दलका नेता र उम्मेदवार पुग्ने गरेका छन् । नयाँ भनिएका रास्वपा र जनमत पार्टीका उम्मेदवारले पनि त्यसैलाई पछ्याए । विगतमा लारुम्बाका गुरु एमाले नेता सुवास नेम्वाङप्रति सकारात्मक रहेको बताइन्थ्यो । यसपटक भने गुरुले पहिचानवादी उम्मेदवार लिम्बूको चुनावी र्यालीको शुभमुहुर्तसमेत गरेका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु