नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना उम्मेदवारको जमानत जफत भएर इलाम र बझाङतिर एमालेको जित भइरहँदा एमाले अध्यक्ष केपी ओलीप्रति थप आक्रोश व्यक्त गरेका छन् ।
उनले आफूहरुले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते नगर्ने बताएका छन् । पार्टी निकट अनेमसंघको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावदेखि चुनावको अभियानमा नभएको बताए ।
उनले भने, ‘हाम्रो पार्टी देश विकासको सवालमा चिन्तित छ, कसैकसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जानको लागि मन्त्री र प्रधानमन्त्री बन्नेको लागि मरिहत्ते गरिहेको छ कि भन्ने कुरा त्यो लोभी पापीहरुले भन्ने कुरा हो । इमानदार मान्छेहरुको होइन । बरु एउटा कुरा छ । हाम्रा मान्छे गए भने राम्रा काम गर्नेछन् । हाम्रा पार्टीसँग जोडिएका नेता कार्यकर्ता सरकारमा गए भने राम्रो काम गरेर देखाउनेछन् । राम्रो काम नभइरहेको कुराहरुले हामीलाई पोल्नुपर्छ, अरु भन्दा भिन्न छौं भनेर देखाउन सक्नुपर्छ । यसअर्थमा हामी सत्ताको लागि होइन, चुनाव चुनावका लागि होइन, देश र समाज परिवर्तनको लागि हो भनेर लाग्नुपर्छ ।
उनले अहिले अहिले कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आइरहेको बताए ।
उनले थपे, ‘राजनीतिक लक्ष्य र उद्देश्य स्पष्ट छैनन् भने पार्टी अगाडि बढ्न सक्दैन । मिसन के हो ? चुनावमात्रै हो ? मिसन जनताको मुक्ति हो । त्यसको लागि समाजलाई राम्रो बनाउनुपर्छ ।’
उनले नेपालको राजनीतिलाई ठिक दिशामा अगाडि बढाउन आफ्नो पार्टीको निर्णायक भूमिका रहेको जिकिर गरे ।
उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु