स्याङ्जाको वालिङ् नगरपालिका -१३ बायाँटारी स्थित प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंह माथी गस्ती जाँदा कुटपिट भएको छ ।
शनिबार राती बायाँटारी स्थित झलुङ्गे बजारमा मादक पदार्थ सेवन गरि होहल्ला गर्दै साथी साथी बिच झगडा तथा कुटपिट गरेर बसेका युवाहरूलाई सम्झाई बुझाई गर्ने क्रममा ३ जनाको प्रहरी टोलीसहित गस्तीमा रहेका सिंहलाई युवाहरुले अन्धाधुन्ध कुटपिट गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
कुटपिट गर्ने वालिङ् नगरपालिका -१२ कोखेका २५ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले टाउकोमा चोट लागि घाइते भएका चौकी इन्चार्ज सिंहको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।
उक्त घटनामा संलग्न भनिएका अर्का युवा वालिङ् -१२ कोखेका २८ वर्षीय रविन गुरुङ पनि घाइते भएको र उपचार भइरहेको डिएसपी रानाले बताए ।
सुरक्षाको लागि खटिएका प्रहरी अधिकृतलाई नै कुटपिट गरि गम्भीर घाइते बनाएका दुई युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ
पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी