स्याङ्जाको वालिङ् नगरपालिका -१३ बायाँटारी स्थित प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंह माथी गस्ती जाँदा कुटपिट भएको छ ।
शनिबार राती बायाँटारी स्थित झलुङ्गे बजारमा मादक पदार्थ सेवन गरि होहल्ला गर्दै साथी साथी बिच झगडा तथा कुटपिट गरेर बसेका युवाहरूलाई सम्झाई बुझाई गर्ने क्रममा ३ जनाको प्रहरी टोलीसहित गस्तीमा रहेका सिंहलाई युवाहरुले अन्धाधुन्ध कुटपिट गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
कुटपिट गर्ने वालिङ् नगरपालिका -१२ कोखेका २५ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरिएको डिएसपी रानाले बताए । उनले टाउकोमा चोट लागि घाइते भएका चौकी इन्चार्ज सिंहको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।
उक्त घटनामा संलग्न भनिएका अर्का युवा वालिङ् -१२ कोखेका २८ वर्षीय रविन गुरुङ पनि घाइते भएको र उपचार भइरहेको डिएसपी रानाले बताए ।
सुरक्षाको लागि खटिएका प्रहरी अधिकृतलाई नै कुटपिट गरि गम्भीर घाइते बनाएका दुई युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते