पिसीएममा पाइथन प्रोग्रामिङ तालिम सम्पन्न

तालिम

पिसीएममा पाइथन प्रोग्रामिङ तालिम सम्पन्न

प्राविधिक तालिमले विद्यार्थीको क्षमतामा अभिवृद्धि हुने

pcm python (1)

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा सञ्चालित पाँच दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीको उत्साहजनक सहभागिता रह्यो ।

राष्ट्रिय आविस्कार केन्द्रका ७ जना श्रोत व्यक्तिले विद्यार्थीलाई पाइथन प्रोग्रामिङबारे सहजीकरण गरेका थिए ।

 राष्ट्रिय आविस्कार केन्द्र पोखराका कोओर्डिनेटर हरि बहादुर पहारीको प्रमुख आतिथ्यतामा शुभारम्भ र पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. दयाराज ढकालको प्रमुख आतिथ्यतामा तालिम समापन भएको थियो ।

प्रमुख अतिथिद्वयले यस्ता प्राविधिक तालिमले विद्यार्थीको क्षमतामा अभिवृद्धि हुने बताए । अबको समय प्रविधिकै समय भएकाले प्राविधिक ज्ञान अपरिहार्य रहेको बताए ।

कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले यस्ता उपयोगी कार्यक्रमलाई कलेजले सधैं स्वागत गर्ने बताइन् ।

कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बीबीए कार्यक्रम संयोजक हरि अधिकारीले स्वागत एवं बीसीआइएस संयोजक हरिप्रसाद बरालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds