स्याङ्जा आँधिखोलामा डुबेर ६८ वर्षीया पविसराको मृत्यु

स्याङ्जा आँधिखोलामा डुबेर ६८ वर्षीया पविसराको मृत्यु

Dubera nidhan

प्रतिकात्मक तस्वीर

स्याङ्जा आँधिखोलामा डुबेर ६८ वर्षीया पविसरा विकको मृत्यु भएको छ ।

आइतबार दिउँसो वालिङ् नगरपालिका -१० पाठेखोलाकी विकको मृत्यु भएको हो ।

वालिङ् नगरपालिका -९ बैदीस्थित आँधिखोलामा डुबेर अशक्त भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds