स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा प्रतियोगिता गर्ने भएको हो ।
खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ २५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा भिरकोट खेलमैदानमा यहि जेठ १० गतेदेखि २० गतेसम्म आयोजित रमाइलो मेला २०८१ मा युवाहरु लक्षित भलिबल प्रतियोगिता गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।
लिग सिस्टम अनुसार खेलाइने उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख १० हजार रुपियाँ, उपविजेताले ६५ हजार , तृतीयले ३५ हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।
यसैगरी, प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, कुइकर, ब्लकर, डिफेन्डर र सर्भरलाई ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुरज खाँण ठकुरीले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ