स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा प्रतियोगिता गर्ने भएको हो ।
खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ २५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा भिरकोट खेलमैदानमा यहि जेठ १० गतेदेखि २० गतेसम्म आयोजित रमाइलो मेला २०८१ मा युवाहरु लक्षित भलिबल प्रतियोगिता गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।
लिग सिस्टम अनुसार खेलाइने उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख १० हजार रुपियाँ, उपविजेताले ६५ हजार , तृतीयले ३५ हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।
यसैगरी, प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, कुइकर, ब्लकर, डिफेन्डर र सर्भरलाई ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुरज खाँण ठकुरीले बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’