काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सिरोहिया प्रक्राउ सरकारको अलोकतान्त्रिक कदम भएको जनाएका छन् ।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’, देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।
गगनको प्रतिक्रिया- सिरोहिया पक्राउ अपराध ढाकछोप गर्ने दुष्प्रयास, हेक्का रहोस्
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाको सांसद गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैला सिरोहिया पक्राउ गर्नु अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले गल्ती गरेको भएमा जस्तै शक्तिशाली भए पनि सजायको भागिदार हुनुपर्ने तर सिरोहिया पक्राउ भने प्रतिशोध साँध्न गरिएको दाबी गरेका छन् ।
‘म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो’, उनले लेखेका छन्, ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस् ।’
सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।
धनुषा अदालत परिसरमा प्रहरीसँग नेविसंघ कार्यकर्ताको घम्साघम्सी
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।
नेविसंघका कार्यकर्ताहरु सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी परेको हो । उनीहरु प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको छ ।
अहिले नेविसंघका कार्यकर्ताहरु सडकमा बसेका छन् । उनीहरु सरकारले प्रतिशोध साध्न सिरोहियालाई पक्राउ गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु