चिनियाँ गाडी ‘काई एक्स–३ प्रो’ को नेपाली आधिकारिक बिक्रेता ‘लक्ष्मी ग्रुप’

चिनियाँ गाडी ‘काई एक्स–३ प्रो’ को नेपाली आधिकारिक बिक्रेता ‘लक्ष्मी ग्रुप’

X3-PRO-EV_

काठमाडौं। चिनियाँ गाडी काई एक्स–३ प्रो नेपाली बजारमा भित्रिएको छ। नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले काई एक्स–३प्रो नेपालमा भित्र्याएको हो।

बुधबार चेरीको सब–ब्रान्ड काई एक्स–३प्रोको मूल्य सार्वजनिक गरिएको छ। कम्पनीका अनुसार गाडीको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ। यो गाडी ४.४ मिटर लामो एसयूभी हो। चौडाइ १.८ मिटर र उचाइ १.६ मिटर रहेको गाडीको ह्वीलबेस २ हजार ६३२ एमएमको छ।

यो गाडीको मोटर पावर १२० किलोवाट क्षमताको छ भने पिक पावर १६३ पीएस र टर्क २८० एनएमको छ। यसमा ५३.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। जसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

यसमा ३६० प्यानोरोमिक क्यामेरा, डबल १०.२५ इन्चको एलसीडी स्क्रिन, एलइडी इन्ट्रिग्रेटेड हेडलाइट, स्पोर्ट इन्टेरियर तथा न्यू इनर्जी भेहिकल डिजाइनलगायत सुविधा छन्।

लक्ष्मी ग्रुपले लामो समयदेखि कोरियन ब्रान्डका गाडी बिक्री गर्दै आएको छ। उसले इन्धन र विद्युतीय दुवै गाडी बेच्दै आइरहेका बेला चिनियाँ गाडीसमेत भित्र्याएको हो।

यही ब्रान्डको गाडी नेपाल भित्र्याउन आरआर ग्रुपले पनि सम्झौता गरिसकेको छ। उसले एक महिनाभित्र नेपाल ल्याउने घोषणा यसअघि नै गरिसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ