स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
यहि जेठ १२ र १३ गते कालीगण्डकी नदिमा चल्ने स्टिमरमा प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल संघ कास्कीको व्यवस्थापनमा प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।
बिहीबार वालिङ्मा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले प्रदेशको सबैभन्दा ठूलो प्रतियोगिता हुने र रेटिङ प्रतियोगिता हुने जानकारी दिए । उनले आयोजक रहेको पालिकाले जिल्ला सरह खेलाडी खेलाउने र प्रदेशका ११ वटा जिल्लाले दुई पुरुष र दुई महिला गरि ४८ जना खेलाडीको प्रतिस्पर्धा रहने बताए । खेल राष्ट्रिय आर्बेटरबाट खेलाइने छ भने पुरुषतर्फ सात राउन्ड र महिलातर्फ पाँच राउन्ड हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले महिलापुरुषतर्फ समान ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नेछन् भने एक वर्षसम्म देशभरीका प्रदेशस्तरीय प्रतियोगितामा प्रदेश संघको तर्फबाट विजेताहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी खेलाडीले यातायात सुविधा र दैनिक खेलाडी भत्ता प्राप्त गर्नेछन् ।
देशकै पहिलो जलयातायात स्टिमरमा उद्घाटन खेल खेलाएर बाँकी खेल पालिकाको भवनमा खेलाइने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए । प्रतियोगिताले धार्मिक महत्त्व बोकेको कालीगण्डकी र ऎतिहासिक जलयातायात स्टिमर सेवाको संरक्षण तथा संर्वद्वनमा सहयोग पुग्ने आशा राखेको जनाउँदै उनले खेल पर्यटनको विकाससङ्सङ्गै पालिकामा धार्मिक, शैक्षिक, स्वास्थ्य र खेलका पर्यटकहरुलाई भित्र्याएर पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा रहेको बताए ।
कालीगण्डकीले पुर्वाधार विकास सङ्गै खेलकुद क्षेत्रमा पनि ठूलो लगानी गर्दै आएको बताउँदै अध्यक्ष थापाले बुद्धिचाल प्रतियोगिता आयोजना गरि नयाँ खेलको आकर्षण बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए ।
देशकै पहिलो मोटरबोट अर्थात् स्टिमर सेवाको विषेश महत्त्व रहेको भन्दै यो महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुर्याउन यो प्रतियोगिताले कोशे ढुङ्गा सावित हुने उनको विश्वास थियो ।
चेस अर्थात् बुद्धिचाल खेलमा बुद्धिको अधिकतम प्रयोग हुने भएकोले यो खेलले बौद्धिक क्षमताको विकासमा मद्दत पुर्याउने, खेलले स्मरण शक्तिको विकास पनि गर्ने र अल्जाईमर जस्तो रोगलाई निवारण गर्न मद्दत पुर्याउने हुँदा गण्डकी प्रदेश खेलकुद परिषदसङ्ग सहकार्य गर्दै यो खेललाई प्राथमिकताको साथ संचालन गर्न खोजिएको कालीगण्डकी गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न कालीगण्डकी गाउँपालिकाले र प्रदेश खेलकुद परिषदले ६ लाख खर्च हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ