लमजुङ सदरमुकाम बेंसीसहरमा मंगलबार मध्याह्न दिउँसो ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते भएका छन् ।
बेंसीसहर नगरपालिका ७, तमू संग्रहालयको ओरालोमा ब्रेक फेल भएको जिप क्याम्पस रोडको आस्मी खाजा घरको सटरमा छिर्दा खाजा घरमा बसिरहेका ३ जना घाइते भएका हुन् ।
दूधपोखरी गाउँपालिका १, को कल्लाबारी माविका २ जना विद्यार्थी र १ जना शिक्षक लिएर तमू संग्रहालयमा आउँदै गरेको ग३च ५०७१ निजी जिप तमू संग्रहालयमा नरोकिई सिधै क्याम्पस रोडको सटरभित्र प्रवेश गरेको हो । शिक्षक र विद्यार्थी भने सकुशल छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार जिप दुर्घटनामा परेर घरधनी वर्ष ३८ का सिर्जना श्रेष्ठ, छिमेकी अन्दाजी ८० वर्षीया रत्नाकुमारी राउत र बुहारीको पसलमा रहेकी ६३ वर्षफया डम्मरकुमारी रोका घाइते भएका छन् ।
श्रेष्ठको टाउको र चोट साथै राउतको दायाँ कोखामा चोट लागेको छ । रोकामगरको ढाड र करङमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको चपाईंले बताए । घाइतेको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको छ । चालक दूधपोखरी गाउँपालिका ४, नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ