जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकको दु:खमा साथ दिएको छ । हिंड्डुल गर्न नसक्ने अवस्थामा रहेका बिरामीलाई अस्पतालको बेडमै पुगेर नागरिकता दिइएको हो ।
गत जेठ ८ गते स्याङ्जा बिरुवा गाउँपालिका -५ का विमल शर्मा घाँस झार्ने क्रममा रुखबाट खसेर घाइते भएका थिए । उनको मेरुदण्ड भाँचिएर पोखरास्थित मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप प्रा.लि. मा उपचाररत छन् । उनलाई नागरिकता अभावका कारण उपचारका क्रममा पाउने सेवा सुविधा लिन असहज अवस्था रहेको थियो ।
चिकित्सकहरुले मेरुदण्ड भाँचिएकाले शर्मा हिंड्डुल गर्न नमिल्ने राय दिएपछि विशेष परिस्थितिका कारण भौतिक रुपमा उपस्थित गराउन नसकिने भएकाले स्याङ्जा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संयोग भट्टराई र नायब सुब्बा राम प्रसाद पौडेलले निजलाई अस्पतालको बेडमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
नागरिकको दु:खमा साथ दिने प्रयास मात्र गरेको भन्दै प्रशासकीय अधिकृत संयोग भट्टराईले तत्काल नागरिकता चाहिएको विशेष परिस्थितिका कारण घाइते शर्मालाई अस्पतालको बेडमै नागरिकता प्रदान गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई धन्यवाद व्यक्त गर्दै घाइते शर्माले अस्पतालमै नागरिकता पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो