पोखरा । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी नियुक्त भएको ३ दिनमै फणीन्द्र देवकोटा पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले कारबाही स्वरुप उनलाई गण्डकी प्रदेश सभाको सांसद पदबाट निस्कासन गरेपछि देवकोटा मन्त्रीबाट पनि पदमुक्त भएका हुन् ।
देवकोटा २९ जेठमा मन्त्री नियुक्त भएका थिए । शुक्रबार उनलाई सांसदबाट निस्कासन गरिएको पत्र गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले पढेर सुनाए ।
हि्वप उल्लंघन गर्ने आफ्ना सांसदलाई दलहरुले निस्कासन गर्न सक्ने राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार देवकोटालाई माओवादीले निस्कासनको कारबाही गरको हो ।
सांसद देवकोटाले माओवादी ह्विप उल्लंघन गर्दै विश्वासको मत दिएकैले कांग्रेस नेता पाण्डे नेतृत्वको सरकार जोगिएको थियो । देवकोटाले माओवादीको ह्विप उल्लंघन गर्दै २८ जेठमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए ।
यसअघि देवकोटालाई माओवादीले स्पष्टीकरण सोधेको थियो । देवकोटाले आफू माओवादी नभई नेपाल समाजवादी पार्टीको सांसद भएको प्रष्टीकरण बुझाएका थिए । देवकोटा नेसपाका नेता हुन् । तर उनी गएको प्रदेश सभा निर्वाचनमा गोरखा २ (१)बाट माओवादीको चिन्हबाट चुनाव लडेका थिए । सोही आधारमा उनी गण्डकी प्रदेश सभामा माओवादी संसदीय दलको सदस्यसमेत बनेका थिए ।
मन्त्री पदमुक्त हुने सम्बन्धी संवैधानिक प्रावधानमा सांसद नरहेमा भन्ने पनि व्यवस्था छ । त्यस अनुसार देवकोटा ३ दिनमै पदमुक्त भएका छन् । तर प्रदेश सभामा सदस्य नरहेको व्यक्तिलाई पनि मन्त्री बनाउन मिल्ने व्यवस्था पनि छ । तर त्यसरी नियुक्त मन्त्री ६ महिनाभित्र सांसद नबने पदमुक्त हुन्छ । देवकोटालाई ६ महिने मन्त्री बनाउने हो भने पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनर्नियुक्ति गर्नुपर्ने हुन्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ