जिल्लाको भीरकोट नगरपालिका -१ बयरघारी स्थित भीरकोट खेलमैदान नजिकै रहेको अवैध क्रसरमा शिलबन्दी गरिएको छ ।
भुसाल इन्टरप्राइजेज प्रालिको नाममा रहेको उक्त क्रसर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शिलबन्दी गरेको हो । क्रसर उद्योग एक वर्ष पहिलाबाट सञ्चालनमा आएको थियो ।
भुसाल इन्टरप्राइजेजको नाममा दर्ता भएतापनी क्रसर सम्बन्धी कार्यमा अनुमती नलिएको/दर्ता नभएको पाइएकोले शिलबन्दी गरिएको स्याङ्जाका सहायक प्रजिअ दीपक पौडेलले जानकारी दिए ।
क्रसर संचालक रामप्रसाद भुसालले पुर्वाधार विकास कार्यालयसङ्ग समन्वय गरेर क्रसर उद्योग चलाएको बताउँदै पालिकामा दर्ता गर्न खोज्दा नगरी दिएको जानकारी दिए । उनले सोही क्रसर उद्योग नजिकै मोटरेबल पुलको छेउमा भीरकोट नगरपालिकाले समेत गैर-कानुनी ढंगले क्रसर सञ्चालन गरिरहँदा प्रशासन मौन रहेको आरोप लगाएका थिए ।
त्यस्तै, सहायक प्रजिअ पौडेलको नेतृत्वमा खटिएको प्रशासनको टिमसहित जिल्ला उपभोक्ता मञ्च, पुर्वाधार विकास कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाबाट खटिएको अनुगमनको टोलीले भीरकोटको क्रसर उद्योग लगायत गल्याङ नगरपालिकामा रहेका फार्मेसी, होटल र किराना पसलमा समेत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिल बिजक जारी नगरी कारोबार गरेको पाइएकाले गल्याङमा स्थित सेवा हेल्थ केयर सेन्टरलाई १० हजार रुपियाँ जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु