कार्यसम्पादन तथा निरीक्षणमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जा गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ ।
स्याङ्जाको वालिङ् -८ घ्याङ्लीङमा रहेको सशस्त्र प्रहरी गुल्म देशभरकै चौँथो र गण्डकी प्रदेशको प्रथम स्थान प्राप्त गर्दै उत्कृष्ट बनेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय(प्रदेश कार्यालय) को २३ औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङ्जाका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा गण्डकी प्रदेश अन्तर्गतका गुल्महरु मध्ये सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङ्जा उत्कृष्ट हुन सफल भएको डिएसपी जोशीले बताए ।
स्याङ्जाको वालिङ् स्थित सशस्त्र गुल्मले जिल्लाका विभिन्न स्थानमा हुने विपदका घटना बाढीपहिरो, आगलागी, सवारी दुर्घटना लगायतमा तत्काल रेस्क्यु गरी सेवा दिने देखि विभिन्न उद्धारका काममा सशस्त्र प्रहरीले उल्लेखनीय भुमिका खेल्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला