कार्यसम्पादन तथा निरीक्षणमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेडक्वाटर स्याङ्जा गण्डकी प्रदेशकै उत्कृष्ट बनेको छ ।
स्याङ्जाको वालिङ् -८ घ्याङ्लीङमा रहेको सशस्त्र प्रहरी गुल्म देशभरकै चौँथो र गण्डकी प्रदेशको प्रथम स्थान प्राप्त गर्दै उत्कृष्ट बनेको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय(प्रदेश कार्यालय) को २३ औं स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङ्जाका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीलाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय निरीक्षण एवं उत्कृष्ट इकाईहरुको छनौट तथा इकाईहरुको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८० को निरीक्षणको क्रममा गण्डकी प्रदेश अन्तर्गतका गुल्महरु मध्ये सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हे.क्वा. स्याङ्जा उत्कृष्ट हुन सफल भएको डिएसपी जोशीले बताए ।
स्याङ्जाको वालिङ् स्थित सशस्त्र गुल्मले जिल्लाका विभिन्न स्थानमा हुने विपदका घटना बाढीपहिरो, आगलागी, सवारी दुर्घटना लगायतमा तत्काल रेस्क्यु गरी सेवा दिने देखि विभिन्न उद्धारका काममा सशस्त्र प्रहरीले उल्लेखनीय भुमिका खेल्दै आएको छ ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते