बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् ।
जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगे पुल निर्माण भएका हुन् । पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा २ र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन् । गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एकएक गरी २ पुल बनेका छन् ।
ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष ४ र यस वर्ष २ गरी ६ पुल निर्माण भएको उनको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष २ गरी ५ झोलुंगे पुल बनेको इञ्जिनियर चापागाईंले बताए । चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन् ।
तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा २ र चालु वर्षमा १ गरी ३ वटा पुल बनेको उनले जानकारी दिए । बडिगाड गाउँपालिकामा गत वर्ष १ र यस वर्ष चार गरी ५ वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउँछन् । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताए ।
पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्तीमगरले बताए । उत्तरगंगा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उनको भनाइ छ । बर्खाको समयमा उत्तरगंगा नदीले बर्सेनि दुईतीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउँछन् ।
उनले भने, ‘हिउँदका समयमा बस्तुभाउ वारिपारी खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुविस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरु पनि सजिलै वारपार गर्नेछन् ।’ रासस
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर