राइफल, गोली र छर्रा बनाउने धातुसहित पोखराका जित बहादुर पक्राउ

राइफल, गोली र छर्रा बनाउने धातुसहित पोखराका जित बहादुर पक्राउ

Jeet bdr

कास्की प्रहरीले अवैध रुपमा लुकाइ राखेको राइफलसहित एक जनालाई पक्राउ गरेको छ ।

कास्की माछापुच्छ्रे गाउँपालिका ७ घर भई पोखरा २५ सापकोटा चोक बस्दै आएका जित बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

५३ वर्षिय जितबहादुरले घरको कोठाभित्र हतियार लुकाइ छिपाई राखेका थिए । प्रहरीले उनको साथबाट कोब्रा मोड–३५ राइफल नाल १, गोली ४ राउन्ड, स्पेशल ०५ एमएम ३० ग्रामको प्रयोग नगरिएको ३४ राउन्ड, शक्तिमान एक्सप्रेस हाई भेलोसिटी ७० एमएम प्रयोग नभएको १६ थान, ४ थाना सानो राउन्ड बरामद भएको छ ।

यस्तै, छर्रा बनाउन प्रयोग गरिने सिलिन्डर आकारको वस्तु एक सय ४२ थान, छर्रा बनाउन प्रयोग गरिने गोलाकारको वस्तु २९० ग्राम, बारुद ११४ ग्राम, एयर राइफल पिलेट्स ७ प्याकेट बरामद गरिएको हो । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्धा दर्ता गराई अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds