राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक जारी छ । आज बुधबार बिहान ८ बजेदेखि सुरु बैठकको अधिकांश समय महामन्त्री मुलुक ढकालको पछिल्ला गतिविधि र उनले तयार पारेको प्रतिवेदनमाथि छलफल भईरहेको छ । महामन्त्रीका पछिल्ला गतिविधि, अभिव्यक्ति र प्रतिवेदनलाई लिएर अधिकांश सदस्य असन्तुष्ट छन् ।
बैठकको प्रत्यक्ष प्रशारण गर्नुपर्ने ढकालको प्रस्ताव अन्य पदाधिकारी र बहुसंख्यक केन्द्रीय सदस्यले अस्वीकृत गरिदिए । त्यसपछि प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्ताव पेस गर्न खोजेका ढकाललाई स्वयम् सभापति रवि लामिछानेले रोके । उनको प्रस्ताव वाचन गर्ने जिम्मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका थिए । उनले प्रस्ताव वाचन गरेपछि खाना विश्राम गरिएको थियो ।
जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले महामन्त्री ढकालले गलत समयमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले ढकाललाई हटाएर प्रमुख सचेतक सन्तोष परियालाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । यद्यपी निर्णय भएको छैन ।
खाना खाइसकेर बैठकको अपडेट गराउन निस्केका सहप्रवक्ता मनिष झालाई सञ्चारकर्मीले पनि सोही कुरा सोधेका थिए । ‘महामन्त्री ढकाललाई पार्टीले कारबाही गर्न लागेको हो ?’ भन्ने प्रश्नमा झाले अहिले नै यसै भन्न नसकिने जवाफ दिएका थिए ।
त्यसपछि झालाई, ‘मुकुल ढकाललाई महामन्त्रीबाट हटाएर सन्तोष परियारलाई महामन्त्री र प्रमुख सचेतकमा सोबिता गौतमलाई नियुक्त गर्न लागिएको हो ?’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा झाले पहिलेजस्तै यस विषय पनि आफूलाई जानकारी नभएको बताए । तर तयारी यही भइरहेकाे बुझिन्छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’