राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक जारी छ । आज बुधबार बिहान ८ बजेदेखि सुरु बैठकको अधिकांश समय महामन्त्री मुलुक ढकालको पछिल्ला गतिविधि र उनले तयार पारेको प्रतिवेदनमाथि छलफल भईरहेको छ । महामन्त्रीका पछिल्ला गतिविधि, अभिव्यक्ति र प्रतिवेदनलाई लिएर अधिकांश सदस्य असन्तुष्ट छन् ।
बैठकको प्रत्यक्ष प्रशारण गर्नुपर्ने ढकालको प्रस्ताव अन्य पदाधिकारी र बहुसंख्यक केन्द्रीय सदस्यले अस्वीकृत गरिदिए । त्यसपछि प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्ताव पेस गर्न खोजेका ढकाललाई स्वयम् सभापति रवि लामिछानेले रोके । उनको प्रस्ताव वाचन गर्ने जिम्मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले पाएका थिए । उनले प्रस्ताव वाचन गरेपछि खाना विश्राम गरिएको थियो ।
जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले महामन्त्री ढकालले गलत समयमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले ढकाललाई हटाएर प्रमुख सचेतक सन्तोष परियालाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । यद्यपी निर्णय भएको छैन ।
खाना खाइसकेर बैठकको अपडेट गराउन निस्केका सहप्रवक्ता मनिष झालाई सञ्चारकर्मीले पनि सोही कुरा सोधेका थिए । ‘महामन्त्री ढकाललाई पार्टीले कारबाही गर्न लागेको हो ?’ भन्ने प्रश्नमा झाले अहिले नै यसै भन्न नसकिने जवाफ दिएका थिए ।
त्यसपछि झालाई, ‘मुकुल ढकाललाई महामन्त्रीबाट हटाएर सन्तोष परियारलाई महामन्त्री र प्रमुख सचेतकमा सोबिता गौतमलाई नियुक्त गर्न लागिएको हो ?’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा झाले पहिलेजस्तै यस विषय पनि आफूलाई जानकारी नभएको बताए । तर तयारी यही भइरहेकाे बुझिन्छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
सुनकाे मूल्य आज घट्यो