नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको छ । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।
प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला केही घण्टाभित्र समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।
‘हामीले कांग्रेसको समर्थनमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न समाननीय प्रधानमन्त्रीलाई मंगलबार नै आह्वान गरिसकेका छौँ’, उनले भने, ‘उहाँले मार्ग प्रशस्त गर्ने सम्भावना देखिएन । नयाँ राष्ट्रिय सरकार निर्माणमा अघि बढ्न हाम्रा मन्त्रीहरूले राजीनामा दिएर समर्थन पनि फिर्ता लिने काम आजै भइसक्छ ।’
एमालेबाट सरकारमा रहेका सबै मन्त्रीलाई राजीनामा गराइसकेपछि सरकालाई दिएको समर्थन पनि फिर्ता लिइने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन भनेको थियो ।
तर, प्रचण्डले राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनासम्म कुर्ने अडान लिएका छन् । प्रचण्डले राजीनामा नदिने बताएपछि एमालेले आफ्ना सबै मन्त्रीलाई राजीनामा गराउँदै छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’