काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले पूर्ववनमन्त्री समेत रहेका महतोले यस्तो बताएका हुन् ।
छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको र काम बनेको महतोले आइतबारको प्रतिनिधि सभा बैठकमा सुनाए।
पूर्ववनमन्त्री महतोले भने,‘ म एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ? पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’
उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए ।
त्यसपछि बिचौलियालाई पाँच हजार दिएपछि काम भएको उनले सुनाए । उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु