राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू खुसी भएको बताएका छन्।
प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले तर प्रधानमन्त्री ओलीलाई विश्वास मत भने नदिने बताए।
‘केपी शर्मा ओली प्रधानमन्त्री बन्नु हुँदा स्वाभाविक रूपमा प्रतिपक्षी दलहरूमध्ये म बेसी खुसी हुन्छु, किनभने दुईचोटि मेरो पार्टीले उहाँलाई मत दिएको छ र मैले पनि मत लिएको छु,’ उनले भने, ‘फेरि पनि उहाँलाई बधाई दिन चाहन्छु। गएको चुनावमा तीन जिल्लामा हामी मिलेर चुनाव लडेका थियौं।’
गत आम चुनावमा राप्रपाले प्रतिनिधि सभामा ३ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्रमा एमालेको सहयोग लिएको र एमालेलाई प्रतिनिधि सभामा १० ठाउँ र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनले बताए ।
‘अन्य दलहरूसँग पनि हाम्रो सम्बन्ध राम्रो छ। तर एमालेसँग विशेष छ,’ लिङ्देनले भने, ‘एमाले नेतृत्वमा सरकार बन्दा र ओली प्रधानमन्त्री हुँदा हामी खुसी छौं। एमालेले नेतृत्व गरेको सरकार बन्दा उहाँ प्रधानमन्त्री अर्थमन्त्रीजी पनि हामीसँग तालमेल गरेको व्यक्ति हुनुभएको छ । त्यसकारण हामी खुशी छौं’।
उनले विश्वास मत भने नदिने बताएका छन्। एमाले महासचिव शंकर पोखरेलले एक अन्तर्वार्तामा दुई दलीय व्यवस्थामा जानुपर्ने कुरा बताएको पनि उनले बताए।
‘कांग्रेस-एमाले मात्रै भएको देश कस्तो हुन्छ होला? अरू दलहरू हुँदा त यस्तो छ,’ उनले भने, ‘यो खतराबाट देशलाई जोगाउनको लागि पनि राप्रपा प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं।’
मुलुकमा अस्थिरता ल्याउनुमा दुई ठूला मुख्य दलहरू दोषी रहेको उनले आरोप लगाए। ठूला दलको प्रवृत्ति र चरित्रका कारण राजनीति अस्थिर भएको पनि उनले बताए।
प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु