पोखरा । ट्राफिक कार्यालय कास्कीले नियम उल्लंघन गर्ने सवारीबाट गत आर्थिक वर्षमा ६ करोड ८७ लाख १३ हजार ६ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार ८४ हजार ५ सय २३ सवारीलाई कारबाही गर्दा उक्त राजस्व जरिवानाबापत उठेको हो ।
कास्की प्रहरीले दुई पांग्रे सवारीको रुप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने सवारीमाथि कारबाही गर्ने अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गर्ने गरी मोडिफाइड १ हजार ९ सय ८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । त्यस्ता सवारीबाट २८ लाख १० हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको छ ।
५ वर्षसम्म नवीकरण फेल भएका ११ वटा सवारी र मिटरमा जान नमान्ने ५ सय ७८ भाडाका ट्याक्सीसमेतलाई कास्की प्रहरीले कारबाही गरेको छ । अत्यधिक मात्रामा कालो धुँवा फाल्ने ६ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
पर्यटन राजधानी घोषणा गरिएको पोखरामा कालोे धुवाँ पुत्याउँदै हिँड्ने सवारीको लर्को नै छ । राइड सेयरिङ इनड्राईभ, पठाओ, टुटल जस्ता मोबाइल एप प्रयोग गरी अनाधिकृत रुपमा यात्रु ओसारपसार गर्ने २२ वटा दुई पांग्रे र ४ चार पांग्रे सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको पनि कास्की प्रहरीले जनाएको छ ।
मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएकोभन्दा बढी भाडा यात्रुसँग असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई पनि प्रहरीले कारबाही गर्ने गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर