काठमाडौंबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको ९–एन–एएमई कलसाइन (9N-AME CRJ 200 Y50 ) वाई ५० रहेको सौर्य एयरलाइन्सको जहाज २१ वर्ष चार महिना पुरानो रहेको देखिएको छ ।
जहाजको आयुको हिसाबमा खासै पुरानो नभएको यो विमान मर्मतको लागि पोखरा ल्याइँदै थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा आउने क्रममा थियो ।
सी–चेक भन्नाले जहाजका सम्पूर्ण पार्टपुर्जा गहिराइमा गएर चेक तथा मर्मत गरिने भन्ने हो ।
विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।
मे २०३३ मा अमेरिकाको एट्लान्टिक कोस्ट एयरलाइन्सले चलाएको यो एअरक्राफ्ट अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्ट एअरलाइन्सले किनेको थियो ।
तीन वर्षपछि जुन २००७ मा नाइजेरियाको एरिक एअरले किनेको थियो । त्यसको वर्ष दिनपछि सन् २००८ मा अप्रिलमा एसए एक्सप्रेसले जहाज किनेको थियो ।
९ वर्षसम्म एसए एक्सप्रेसले जहाज चलायो ।

Photo Credit: ktmspotter
त्यसपछि जनावरी २०१७ मा अमेरिकाकै एरोजेल कम्पनीले जहाज किनेको थियो । त्यसको तीन महिनापछि मार्च २०१७ मा नेपालको सौर्य एअरलाइन्सले सो जहाज किनेर नेपाल ल्याएको हो ।
२१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल जाँदै गर्दा दुर्घटनामा परेको छ । जसमा १८ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु