काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले बिहीबारदेखि सुरू केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको बताए । उनले यसबारेमा चनाखो भएर बस्न नेता–कार्यकर्तालाई उनले भनेका छन् ।
नेपालले सम्बोधनका क्रममा कसले कस्तो षड्यन्त्र गर्दैछन् भन्ने खुलाएनन् । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । यसअघि पनि ओलीले आफूहरूको पार्टी फुटाइदिने षड्यन्त्र गरेको आरोप नेपालले लगाउँदै आएका थिए ।
ओली प्रधानमन्त्री बनेदखि माधव नेपालको चिन्ता बढेको छ । उनले अनेक शंका व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सत्ताको आडमा पार्टी फुटाइदिने चिन्ता नेपाललाई परेको छ ।
यसअघि पनि नेपालको पार्टीका ६ जना भन्दा बढी सांसदहरू अन्य दलका नेतासँग संवादमा रहेको चर्चा आएको थियो । अहिले पनि किसान श्रेष्ठ र प्रेमकुमार आलेहरू नेपालसँग सन्तुष्ट छैनन् । आलेले त काठमाडौंमा भएको १० औँ महाधिवेशन बहिष्कार गरेर नयाँ विकल्पको खोजी थालेका छन् । अन्य केही सांसद पनि विकल्पको खोजीमा जुटेको चर्चा छ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु