पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकालले बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाइएको बताए ।
शनिबार बिहान नबिल बैंक लेकसाइड शाखाबाट सुरु भएको वाकाथन वाराही मन्दिर गेट, फेवा फुट ट्रयाक हुँदै विभिन्न ठाउँ परिक्रमा गरी नबिल बैंक लेकसाइड शाखामै पुगेर समापन भएको हो । कार्यक्रममा पोखरास्थित बैंकका कर्मचारीहरु सहभागी थिए । पोखरासहित प्रधान कार्यालय काठमाडौं लगायत देशभर बैंकले सो कार्यक्रम आयोजना गरेको थियो ।
बैंकले देशभर २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान