प्रदेश संरचना स्थापनाको सात वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ।
सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ लागतमा भवन बनाउन लागिएको हो।
भवनको भुईँ तला एक हजार आठ सय छयालिस वर्गमिटर, पहिलो तला एक हजार चार सय छयानब्बे र दोस्रो तला सात सय उनन्चालिस वर्गमिटरका हुने छन्। नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनलाई जीर्णोद्धार गरी अहिले प्रदेशसभा सञ्चालन गरिएको छ।
गण्डकी सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ स्रोत सुनिश्चिततापछि साउनभित्रै बोलपत्र आह्वान हुने जानकारी दिए । प्रदेशसभाको दोस्रो कार्यकालभित्रै भवन निर्माण पूरा हुने उनको भनाइ छ। “आउने माघ/फागुनबाट फिल्डमा कामै सुरु हुन्छ। दुई वर्षमा निर्माण सक्ने लक्ष्य लिएका छौँ,” उनले भने ।
सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले आइतबार स्रोत सुनिश्चितताका लागि आर्थिक मामिला मन्त्रालयमा पठाएको छ। गण्डकी सरकारले यस वर्ष भवन निर्माणका लागि नौ करोड विनियोजन गरेको छ। आर्थिक मामिलाले स्रोत सुनिश्चित गरेपछि निर्माण प्रक्रिया थालिहाल्ने तयारी छ।
नयाँ बन्ने प्रदेशसभाको भुईँ तलामा प्रदेशसभा सचिवालयमा पर्ने कार्यालय रहनेछन्। त्यहाँ सभामुख, प्रदेशसभा सचिवालय, उपसभामुख, विषयगत समिति लगायतका कार्यालय रहने छन्। पहिलो तलामा सय जना जति अट्ने हल रहनेछ। सहरी विकासका सिडिई रवीन्द्र तिवारी भन्छन्, “साठी सदस्यीय गण्डकीका लागि सय जना जति अट्ने सदन पहिलो तलामा बन्नेछ।”
दोस्रो तलामा प्रदेशसभा बैठक हेर्न चाहने पत्रकार, राजनीतिकर्मी र सर्वसाधारणका लागि स्थान हुनेछ। सोही तलामा पत्रकार सम्मेलन, साना औपचारिक कार्यक्रम गर्न मिल्ने खालको सानो हलसमेत बनाइने भएको छ।
यसअघि बनाइएको डिपिआरमा एक अर्ब ४६ करोड लागतमा प्रदेशसभा भवन बनाउने योजना थियो। प्रदेश सरकारको सामर्थ्यले यस्तो भवन धान्न कठिन हुने टिप्पणी भएपछि ०८०/०८० मा नयाँ डिपिआर बनाइएको हो।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’