पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा गत साउन १३ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्सको आज अन्त्येष्टी गरिएको छ ।
मुक्ति समाज नेपालका केन्द्रीय सचिव धनबहादुर नेपालीका अनुसार मृतक परिवारलाई सडक दुर्घटना बीमाबाहेक थप संस्थागत ११ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शव बुझेर अन्त्येष्टी गरिएको हो । दुई जनाको मृत्यु भएको हुनाले १० लाख दुर्घटना बीमा रकम हुन जान्छ ।
विहीबार नागरिक समाज, मुक्ति समाज, मृतकका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याव्सनका प्रतिनिधिसहितहरुबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो ।
आरती कार्यरत पोखरा १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूल प्रशासन र एन व्याब्सनबाट ११ लाख रूपैयाँ दिने सहमति भएको बताइन्छ ।
गत सोमबार बिहान उक्त स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । तीमध्ये आमा छोराको मृत्यु भएको थियो ।
घाइते २८ मध्ये अझै पनि ११ जनाको उपचार जारी रहेको छ । प्रहरीका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।
सम्बन्धित समाचारः
स्कुल बस दुर्घटना [अपडेट]: आमा छोराको मृत्यु, घाइते २८ जनाको नामावलीसहित
स्कुल बस दुर्घटना [अपडेट]: सहयोगी महिलाको मृत्यु, चालक मणिपाल रिफर
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना



सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’