पहिरोमा पुरिएर एकै घरका २ जनाको मृत्यु

पहिरोमा पुरिएर एकै घरका २ जनाको मृत्यु

pahiro

रोल्पा । पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पुरिएर मृत्यु हुनेमा हजुरआमा र नातिनी छन्।

शुक्रबार सुनछहरी–४ कामीडाँडास्थित सिउरीकी करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पुरिएर मृत्यु भएको हो। अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो।

प्रहरीले स्थानीय देउसिं सुनारको घर पहिरोमा परेर पुरिएको हो। घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो। देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथि बाट आएको पहिरोमा पुरिएको थियो। देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ।

मृतक वृद्धालाई अघिल्लो दिनमा र नातिनीलाई अर्को दिन बिहान भेटाइएको हो। घटनास्थलमा उद्धारका लागि पोबाङस्थित प्रहरी कार्यालयबाट थप प्रहरी परिचालित गरिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds