प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जिल्लामा सुन्तलाको ब्रान्डिङ थालिएको छ । सुन्तलाको जिल्ला मानिने स्याङ्जाको पुतलीबजार नगरपालिका -११ मा सुन्तलाको वाईन ब्रान्डिङको थालनी गरिएको हो ।
`सुन्तला सुपरजोन´का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको सुन्तलाको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने उद्देश्यले सुन्तलाको वाईन बनाउन थालिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख माधव प्रसाद लम्सालले जानकारी दिए ।
उनले उद्यमलाई उद्योगसङ्ग जोड्ने र स्वदेशी उत्पादनलाई बजारसम्म पुर्याउँदा दिगो फाइदा हुने जनाउँदै यसरी स्थानीय उपजको प्रचारप्रसार र प्रवर्द्धनलाई विभिन्न निकायहरूको साथ अनिवार्य रहेको बताए । वाईनको ब्रान्डिङमा सुन्तला सुपरजोन स्याङ्जाको सहयोग रहेको बताउँदै पिएमएएमपी, कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख लम्साल `हाम्रो पौरख, स्याङ्जाको गौरव, हाम्रो साथ अनवरत´ भन्छन् ।
स्याङ्जामा स्थानीय उपज सुन्तलाको वाईन सुन्तला प्रशोधन घर प्रा.लि. द्वारा परिक्षण पछी बजारमा ल्याइने उनको भनाइ थियो । स्थानीय उत्पादनलाई नै उद्योगमा जोड्ने लक्ष्य रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई स्याङ्जाका प्रमुख माधव प्रसाद लम्सालले बताए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो