अविरल वर्षाको कारण गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म १ सय ६७ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो।
काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेशमा १० जना, बागमतीमा १९ जना, गण्डकीमा ४४ जना, लुम्बिनीमा १३ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिममा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशीमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमतीमा ४२ जना, गण्डकीमा ४ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ५० जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
७ सय ६३ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएका छन्।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान