काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइदैँन् । सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ । विधिको शासनमा चल्नु पर्छ । सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ । विजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ ।’
यसको साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनु पर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले संसदसम्म ल्याउछौँ तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुँदा महिला छुटाइहाल्छौ । हामी जुनसुकै पार्टीको होस दलित छुट्टाइ हाल्छौँ । यो भन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नुभयो तर उहाँकै मन्त्रिमण्डलमा हामीले दलित छुट्टायौं । हामी यति सम्म गर्छौँ कि, दुई वटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुवै जना नै पुरुष बनाउँछौँ । गाँउपालिकामा मौका मिल्नासाथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ । प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउने कि नबनाउने ? संघीयता योभन्दा राम्रो बनाउने हो ।’
उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुईँतिर राखेर सरकार चलाउँदा हुने बताए ।
उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होईन ? अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौ कांग्रेस र एमालेलाई बढार्छौ । ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुईतिर राखेर सरकार चलाए हुन्छ ।’
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’