सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

snake

दाङ । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलबार राति करिव एक बजे करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको र बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

र्पले डस्नेबित्तिकै झारफुक गर्दा निको नभएपछि परिवारले अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्युको भएको थियो ।

गम्भीर घाइते आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। सर्पले सुतेको समयमा इन्दुको टाउको र आश्माको दायाँ हातमा टोकेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds