प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिलाई लिएर परेका तीनवटै रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्तिविरुद्ध परेका रिट खारेज गरिदिएको हो ।
यसअघि न्यायाधीश बालकृष्ण ढकालको इजलासमा साउन ६ गते भएको प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश भएको थियो ।
प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई त्यही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित तीनवटा रिट परेका थिए ।
संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको जिकिर रिटमा थियो । ओलीको नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको थियो ।
यसमा गम्भीर संवैधानिक विवाद देखिएको भन्दै न्यायाधीश ढकालको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय लिएको थियो । तर ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै दर्ता भएका रिट संवैधानिक इजलासले बुधबार सुनुवाइपछि खारेज गरिदिएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु