काठमाण्डौ । आजदेखि नेपाली सिनेमा हलहरूमा दुई चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ प्रदर्शनमा आएका छन्। यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ ।
चलचित्र ‘नमेटिने घाउ’ मा विशेष आकर्षणका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अतिथि भूमिकामा छन् । मुस्कान खातुनसहित एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका छन् ।
चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, सुरवीर पण्डित, सुनील कटुवाल लगायतका कलाकारको अभिनय देख्न पाइन्छ ।
यस्तै, छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर तयार गरिएको नेपाली चलचित्र ‘सतीदेवी’ मा अभिनेत्री मलिका महत शीर्ष भूमिकामा छिन् । लैङ्गिक विभेद, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटाको अभिनय रहेको छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ