राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित महामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणको जवाफ दिएका छन्। उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो।
त्यसको जबाफ लेख्दै उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन्। साथै, ढकालले सभापति रवि लामिछानेमाथि आरोप नै आरोपसमेत लगाएका छन्।
सभापति लामिछाने ‘ठग, भ्रष्ट र अपराधी’ रहेको आरोप ढकालको छ। सहकारी मुद्दामा लामिछाने जेल जान सक्ने ढकालको भनाइ छ।
‘मैले पत्र संख्या ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिएअनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन। बरु पार्टी जोगाउन म लडिरहेको छु। आज पार्टीलाई तपाईं रवि लामिछानेको निरङ्कुशता, व्यक्तिकेन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु। तपाईं उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु होइन। प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो। तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ उनले जवाफमा भनेका छन्।
सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन्। भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ।
‘राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न। य सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ। आफू ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ। आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ। म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो,’ उनले भनेका छन्।
सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पारेको उनले आरोप लगाएका छन्। प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गरेको पनि बताएका छन्।
‘यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ। आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्,’ उनले भनेका छन्।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु