पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुलमा साप्ताहिक कृषि हाट बजार सुरु भएको छ ।
पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्समार्फत सङ्कलन तथा ढुवानी गरिएको ताजा तरकारीको विक्री वितरण गर्ने गरी उक्त बजारको शुभारम्भ गरिएको हो ।
पोखरा-९ को व्यवस्थापनमा सञ्चालन हुने उक्त बजारको महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

सो अवसरमा महानगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको कृषि उपजको सुरक्षित ढुवानी सहितको स्वच्छ तरकारी उपभोक्ताले उपभोग गर्न पाउने बताए ।
महानगरपालिका कृषकको साथमा रहेको उल्लेख गर्दै उनले कृषि उपजको बजारीकरणका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहरी वडा भएका कारण उत्पादनका लागि पर्याप्त ठाउँ नभएको र महानगरका ग्रामीण क्षेत्रमा उत्पादन भएका ताजा तरकारी वडावासीलाई खुवाउन पाएकोमा खुसी व्यक्त गरे ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ग्रामीण वडाका कृषकलाई प्रोत्साहन गर्दै उत्पादनमा आवश्यक सहजीकरण गरिएको बताए । कृषि एम्बुलेन्समार्फत सुरक्षित ढुवानी र बजार व्यवस्थापनमा समेत महानगरले सहयोग गरिरहेको उनले बताए ।

महेन्द्रपुल नेपाल टेलिकमको आडमा हरेक हप्ताको बिहीबार साँझ कृषि एम्बुलेन्समार्फत सङ्कलन गरिएका ताजा तरकारीको हाट बजार लाग्नेछ ।
यस प्रकारका बजार सातै बार महानगरका विभिन्न वडामा सञ्चालनको व्यवस्था मिलाइएको छ । २० बढी स्थानमा सङ्कलन केन्द्र र बजार क्षेत्रमा विक्री केन्द्रसमेत सञ्चालन गरिएका छन् ।













तस्वीरः सञ्जय शाक्य/गण्डकन्यूज
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस