नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्री ओलीले गरे शुभारम्भ

नेपालमै गुड्ने भयो हाइड्रोजनबाट चल्ने कार, प्रधानमन्त्री ओलीले गरे शुभारम्भ

hydrogen-car-refuling

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ विश्वविद्यालय (केयू) मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गरेका छन् ।

विश्वविद्यालयको २९औं दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने कारको समेत उद्घाटन गरे ।

दक्षिण कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको थियो ।

काठमाडौं विश्वविद्यालय (केयू) ले २०८ मंसिरमै कोरियाबाट उक्त कार ल्याएको थियो। उक्त कार करिब एक वर्षपछि अब गुड्ने भएको हो । विश्वविद्यालयअन्तर्गत ग्रीन हाइड्रोजन ल्याबले परीक्षण प्रयोजनका लागि उक्त कार ल्याएको थियो ।

इन्धनका कारण सञ्चालनमा हुन नसकेको कारका लागि काठमाडौं विश्वविद्यालय परिसरमै रि–फ्युलिङ सेन्टर बनाइएको हो । जसको ओलीले शुक्रबार उद्घाटन गरेका हुन् ।

यससँगै नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन भएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds