गण्डकी प्रदेशमा नयाँ सत्ता समिकरण अनुसार सरकार बन्न नसकिरहँदा संघीय सरकारका प्रवक्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।
यहाँ सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कडा टिप्पणी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत गरिरहेको बताए ।
शनिबार पोखरामा प्रेस चौतारी गण्डकीको पत्रकार सम्मेलनमा भने, ‘कहीँ नभएको जात्रा गण्डकीमा भइरहेको छ ।’
उनले असन्तुष्टि व्यक्त गरेको मुख्य विषय यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुन: सरकारमा सहभागी गराउनु हो ।
उनले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दु:खमा साथ दिएको भनेर समीकरणभन्दा बाहिरकोलाई मन्त्री बनाउन नहुने तर्क गरे ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत काम गरिरहेको बताउँदै मन्त्री गुरुङले गण्डकी सरकार कसैको निजी कम्पनी नभएको बताए ।
‘मलाई दु:खमा साथ दिएको भन्नुहुन्छ । यो उहाँको निजी शासन हो र ? उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि !’, उनले भने, ‘अहिले त माथिको समीकरण हुनुपर्छ । उहाँले त अगाडिको प्रणाली चलाइरहनुभएको छ, यो गलत कुरा हो ।’
मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएका व्यक्तिलाई मन्त्री कायमै राख्न चाहेको भए कांग्रेसकै भागबाट राख्न सुझाव दिए । उनले भने, ‘पहिले सहमति गर्ने ४/४ भाग पर्यो भने त्यसभित्रबाटै उहाँले मिलाउने हो । यसमा हाम्रो धेरै टाउको दुखाई छैन ।’
यसअघि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा बनाइएको १२ वटा मन्त्रालयलाई एमालेका खगराज अधिकारी आएपछि ७ वटामा झारेका थिए ।
त्यसपछि २ पटकसम्म सर्वोच्चमा मुद्दा दायर गरेर ठूलो दलको नेताका हिसाबले अदालतको आदेशअनुसार नै नियुक्त भएका मुख्यमन्त्री पाण्डेले दीपक मनाङे र फणीन्द्रको सहयोगमा विश्वासको मत पाएका थिए ।
मुख्यमन्त्री पाण्डेले तिनै फणीन्द्र र मनाङेलाई जसरी पनि मन्त्री कायमै राख्न खोज्दा सत्तारुढ दलबीच भागबन्डामा सहमति हुनसकेको थिएन । उनीहरू दुवैजना केन्द्रको सत्ता समीकरण बाहिरका सांसद हुन् ।
माओवादी दलकै चुनाव चिन्ह लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका फणीन्द्रकै कारण काँग्रेसका पाण्डे सरकारले विश्वासको मत प्राप्त गर्दै निरन्तरता पाएको थियो ।
मनाङेले पनि पुनः पाण्डे पाण्डेलाई साथ दिँदा एमाले र माओवादी विपक्षी कित्तामा पुगेको थियो । त्यसैले एमाले फणीन्द्रप्रति अनुदार छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु