काँग्रेस एमालेको नयाँ सत्ता समिकरण अनुसार गण्डकीमा पनि ढिलै गरी सरकार हेरफेर हुँदैछ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएको छ । यही सहमति पछि आइतबार बसेको मन्त्री परिषद बैठकले गण्डकीमा ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।
यद्यपी, कुन मन्त्रालय कसले लिने भन्ने सहमति नभइसकेको बताउँदै उनले भने,‘अब छिट्टै एमाले सरकारमा सहभागी हुन्छ । सायद १/२ दिन भित्रैमा ।’
मुख्यमन्त्री पाण्डेले गठबन्धनको मर्म अनुसार गण्डकीमा सरकार बन्ने बताएपनि आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई भने नहटाउने भएका छन् ।
उनीहरुलाई कांग्रेसको कोटामा परेका मन्त्रालय दिएर राख्ने तयारीमा उनी छन् । त्यसमा एमाले सहमत भइसकेको मुख्यमन्त्री पाण्डेले दाबी गरे । ‘हाम्रो तर्फको मन्त्रालय दिने भएकाले यसमा उहाँहरुको असहमति छैन । यसबारे शीर्ष तहमै सहमति भइसकेको छ, कांग्रेसको ५ वटा मन्त्रालयमै उहाँहरू अट्नुहुन्छ ।’–उनले भने ।
काँग्रेसका अहिल्यै ३ जना छन् र २ जना नहटाउँदा अब एमालेका ४ जना मात्र थपिन्छन् । काँग्रेसबाट मन्त्री थपिनेछैनन् ।
हाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका मनाङेको मन्त्रालय भने फेरिने निश्चित छ । उनको मन्त्रालय नयाँ समीकरणपछि एमालेले पाउनेछ । देवकोटा भने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा यथावत् रहने अधिक सम्भावना छ । मनाङेलाई उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मा दिन सक्नेछ ।
गण्डकीमा मंगलबारसम्म एमाले सरकारमा सहभागी हुनेछ । त्यसका लागि मन्त्रालयको संख्या थपेर ९ पुर्याइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निर्णय गरेको हो ।
गण्डकीमा केन्द्रीय गठबन्धनको मर्म अनुरुप गठबन्धन सरकार नबनेकोमा एमाले असन्तुष्ट रहँदै आएको थियो । एमाले उपमहासचिव समेत रहेका सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले त गण्डकीमा गठबन्धनको मर्म अनुसार सरकार नबनेको भन्दै शनिबार पोखरामा भनेका थिए,‘कहिं नभएको जात्रा गण्डकीमा’भनेर टिप्पणी गरेका थिए । तर मुख्यमन्त्री पाण्डे भने केन्द्रको गठबन्धन अनुसारै गण्डकीमापनि सरकार बन्ने बताउँछन् ।
‘उहाँले कुरै नबुझी त्यस्तो टिप्पणी गर्नु भएछ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने,‘पार्टीको नेताले कुरा नबुझी बोल्दाको परिणाम हो यो । पार्टीको नेतालाई शीर्ष नेताले गरेको सहमति थाहै नभई बोल्दा बिग्रिएको हो ।’ पृथ्वी सुब्बा यस प्रदेशका संस्थापक मुख्यमन्त्री पनि हुन् ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’