स्याङ्जामा फर्निचर उद्योगबाट सामान चोरी गर्ने पक्राउ

स्याङ्जामा फर्निचर उद्योगबाट सामान चोरी गर्ने पक्राउ

Baramad saman

स्याङ्जाको हरिनास गाउँपालिका -२ पुछौदीमा संचालनमा रहेको फर्निचर उद्योगबाट सामान चोरी गर्नेलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य बेतियाग्राम पंन्चायत ईनर्वा -५ बस्ने ३० वर्षीय मनोज कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । महतो बालकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा काम गर्दै आएका थिए ।

डिएसपी रानाका अनुसार महतोले शुक्रबार राती उक्त फर्निचर उद्योगमा रहेको जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरू समेत चोरी फरार भएका थिए ।

फरार भएका महतोलाई शनिबार स्याङ्जा प्रहरीले पर्सा बिरगंज महानगरपालिका -१६ बिरगंज बसपार्क हाताभित्रबाट पक्राउ गरिएको र सामानहरु समेत बरामद गरिएको डिएसपी रानाले बताए ।

पक्राउ परेका महतोलाई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्धा दर्ता गरी सोमबार स्याङ्जा अदालतबाट म्याद थप लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds