पोखरा। कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसर पारी आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ ।
विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताए ।
महिलाहरूको महान पर्व हरितालिका तीज समेतका अवसरमा आश्रममा आश्रित महिला दिदीबहिनीलाई दरभोज खाने दिनमा नै सहयोग गर्न पाउनु सुखद भएको उनको भनाइ छ ।
पर्यटन राजधानी पोखरालाई सडक मानव मुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उनले बताए ।
केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिहरूको भोजनार्थ सहयोग गरिएको बताउँदै सामाजिक एवम् मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थाहरूमा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राखे ।
निजामति सेवा दिवसका अवसरमा सरसफाई
निजामति सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आजै पोखराको सहिदचोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामति कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै समाजिक उत्तरदायित्व समेत बहन गरी काम गर्नुपर्नेमा जोड दिइन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाई प्रति समाजमा सचेतना अभिबृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औंल्याए ।
कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलहरूमा सरसफाई गरिदै आइएको बताउँदै निजामति सेवा दिवसका अवसरमा सहिद चोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको जानकारी गराए ।
कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि सहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’