स्याङ्जामा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार दुई सय ३५ सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाही गरिएका सवारीसाधनबाट नौ लाख ८३ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जिल्लाका ११ वटा पालिकामा गरी ट्राफिक नियमको उल्लंघन गर्ने उक्त संख्यामा सवारीसाधनलाई कारबाही गर्दा करिब दश लाख राजस्व संकलन भएको कार्यालयका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक कुमार शर्माले जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख शर्माका अनुसार यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर कारबाहीमा परेका छन् । ४६२ मोटरसाइकल, ६७ ट्याक्टर, १०७ ट्रक, १८१ बस, २९८ जीप, कार तथा भ्यान र अन्य १२० गरी एक हजार दुई सय ३५ सवारीसाधन कारबाहीमा परेको निमित्त कार्यालय प्रमुख शर्माले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन साधन चलाउनेको संख्या बढ्दै गएपछी चेकजाँचमा कडाइ गरेको जनाइएको छ । निमित्त कार्यालय प्रमुख प्रसनी शर्माले चेकजाँचका क्रममा नियमविपरीत सवारी चलाउनेलाई कारबाही स्वरुप जरिवाना गर्ने गरेको बताए ।
यस अवधिमा कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि जिल्लाभर दुई सय २४ वटा ट्राफिक जनसचेतनामुलक कार्यक्रम गरिएको कार्यालयका प्रहरी सहायक हवलदार हेम बहादुर मल्लले बताए ।
त्यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा चौध हजार छ सय १० सवारीसाधन कारबाहीमा परेका थिए भने कार्यालयले एक करोड दश लाख ९७ हजार रुपियाँ राजस्व संकलन गरेको थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’