स्याङ्जामा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार दुई सय ३५ सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाही गरिएका सवारीसाधनबाट नौ लाख ८३ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जिल्लाका ११ वटा पालिकामा गरी ट्राफिक नियमको उल्लंघन गर्ने उक्त संख्यामा सवारीसाधनलाई कारबाही गर्दा करिब दश लाख राजस्व संकलन भएको कार्यालयका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक कुमार शर्माले जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख शर्माका अनुसार यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर कारबाहीमा परेका छन् । ४६२ मोटरसाइकल, ६७ ट्याक्टर, १०७ ट्रक, १८१ बस, २९८ जीप, कार तथा भ्यान र अन्य १२० गरी एक हजार दुई सय ३५ सवारीसाधन कारबाहीमा परेको निमित्त कार्यालय प्रमुख शर्माले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन साधन चलाउनेको संख्या बढ्दै गएपछी चेकजाँचमा कडाइ गरेको जनाइएको छ । निमित्त कार्यालय प्रमुख प्रसनी शर्माले चेकजाँचका क्रममा नियमविपरीत सवारी चलाउनेलाई कारबाही स्वरुप जरिवाना गर्ने गरेको बताए ।
यस अवधिमा कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि जिल्लाभर दुई सय २४ वटा ट्राफिक जनसचेतनामुलक कार्यक्रम गरिएको कार्यालयका प्रहरी सहायक हवलदार हेम बहादुर मल्लले बताए ।
त्यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा चौध हजार छ सय १० सवारीसाधन कारबाहीमा परेका थिए भने कार्यालयले एक करोड दश लाख ९७ हजार रुपियाँ राजस्व संकलन गरेको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ