कास्कीको मादी गाउँपालिका वडा नं. ७, छाचोक मजुवा स्थित शुभकामना क्लबले आयोजना गरेको तीन दिने तीज मेला आइतबार सकिएको छ ।
भदौ २० देखि आयोजित मेलामा तीज गीत प्रतियोगिता र गाउँ स्तरीय खुल्ला भलिबल प्रतियोगिता भएको थियो ।
तीज गीत प्रतियोगितामा धनुवास मा.वि. समूह प्रथम, ठकुरी दिदिबहिनी समुह द्वितीय, उपल्लोेस्वाँरा दिदिबहिनी समूह तृतीय र सापकोटा दिदीबहिनी समूह सान्त्वना हुन सफल भए । विजेता समूहलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र २ हजारसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
त्यसैगरी, भलिबल प्रतियोगितामा युनाइटेड क्लव, गल्याङ विजेता र क्षेत्री युवा क्लव, चित्रे उपविजेता बने । विजेताले ट्रफीसहित ५० हजार र उपविजेताले ३० हजार साथमा प्रमाणपत्र, मेडल पुरस्कार पाए ।
दुईदिन सम्म सञ्चालित कार्यक्रममा उद्घाटनमा प्रमुख अतिथिमा मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङ्ग, विशेष अतिथि मादी गाउँपालिका, वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्ग, वडा नं. ४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, मादि ५ का वडा अध्यक्ष होम नाथ अधिकारी, माथिल्लो मादी सुरक्षा क्याम्पका मेजर उदय आचार्य थिए ।
दोस्रो दिन प्रमुख अतिथि मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङ, विशेष अतिथि काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछाने लगायत थिए । तेस्रो दिन वडा सदस्य योगराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
क्लबका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सुरेश सापकोटाले गरेका थिए । कार्यक्रमको मूल संयोजकमा राजेन्द्र सापकोटाले गरे । कार्यक्रमको मुल संयोजकमा राजेन्द्र सापकोटा थिए ।
कार्यक्रम सम्पन्न गर्न मादी गाउँपालिको कार्यालय, वडा नं. ७ को कार्यालय लगायत विभिन्न संघ सस्थाहरुको सहयोग रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर