काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ ।
सिंहदरबारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाए ।
उनले भने- १८ महिना अघि उहाँले एउटा पत्रमा हस्ताक्षर गरेको देखियो। त्यो सम्बन्धित ठाउँमा पुगेको छैन । त्यो भिजाको लागि पनि होइन अन्तर्वार्ताको समय चाँडो गराइदिन मात्रै थियो । उहाँले १८ महिना अघि नै पत्र लेख्नु गलत थियो हामीले मान्यौँ, त्यो अहिले गलत थियो भने १८ महिना अघि पनि गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यो कुरा। त्यसैले उहाँको दाउपेचमा हुनुहुन्छ । १८ महिनाअघि नै गलत थियो भने अहिले कि चर्चा गर्दै हुनुहुन्छ ।
उनले उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताए। संवैधानिक परिषद्मा आफू अनुकुल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको बताए।
उनले थपे- अहिले चर्चा हो, कुनै औपचारिक कदम चालिएको छैन। हामी अहिले छलफल गरिरहेका छौँ । आगामी निष्कर्ष सुनाइहाल्नुपर्ने अवस्था आएको छैन । आज उहाँको सदनको प्रस्तुति अनुसार हामी आगामी धारणा बनाउँछौं ।
उनले उपसभामुख राना गलत व्यक्ति नभएको जिकिर गरे।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु