पोखरा । पत्रकार प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित हुनभएको छ ।
पोखरा यातायात प्रा.लि पोखरा कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रा.लिको छैटौं वार्षिक साधारसभामा उनलाई सम्मान गरिएको हो । सापकोटा हाल राष्ट्र न्यूज डट कमका सम्पादक छन् ।
सडक यातायात सँग सम्वन्धित सूचना एवम् सचेतनामूलक समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालहरु सम्म सम्प्रेषण गरेको भन्दै सापकोटालाई नगद सहित सम्मान पत्रलेले सम्मान गरिएको थियो । उक्त पुरस्कारको राशि २५ हजार र सम्मान पत्र रहेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी संयोजक रहेको पत्रकार पुरस्कार छनौट उपसमितिले सापकोटालाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।
सापकोटालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रा.लिका अध्यक्ष देउ प्रसाद गुरुङले नगद सहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार सापोकाटा आदर्श समाज, राष्ट्रिय समाचार समिति, समाधान हुँदै हाल राष्ट्र न्यूज डटकम र रेडियो हेमजामा आवद्ध छन् ।
यसैगरी, छैटौ साधारण सभाको अवसरमा असल चालकतर्फ ग १ ख ३८८७ का चालक सूर्य रानाभाट, असल सहचालकतर्फ ग १ ख ६९७१ का सहचालक कमल गुरुङ, पुरानो व्यवसायी ग १ ख ५२५३ र ग १ ख ३९८९ का सवारी धनी भेषबहादुर कुँवर, कर्मचारी तर्फ ध्रुव पुलामी मगर सम्मानित भए ।
त्यस्तै, दश जोड दुई बाट उत्कृष्ट हुने शेयर सदस्य तर्फ ग १ ख ६९५१ की मायाँ विक कि छोरी सोनिया विक र कर्मचारी तर्फ लेखा प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव कुमार चुल्याजुलाई सम्मान गरिएको थियो ।
यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजी क्षेत्रले गरेको लगानीलाई नेपाल सरकारले नजर अन्दाज गर्न नहुने बताए ।
वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई विना योजना प्रालिमा जान बाध्य बनाएको बताए ।
सम्मानित पत्रकार प्रकाशचन्द्र सापकोटाले यस्ता खालका पुरस्कारले पत्रकारलाई काम गर्न थप उर्जा मिल्ने बताए ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार सा, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, पोखरा यातायात प्रा.लिका सल्लाहाकर वसन्त कुमार प्रधान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश सचिव तथा पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना, नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष विष्णु खत्री, पोखरा यातायात प्रा.लिका प्रवन्ध निर्देशक देवि प्रसाद कुइँकेल, कम्पनी सचिव जीवन प्रसाद पौडेलले बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ