बागलुङ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका योजनासहित अघि बढेको बताएका छन् । उनले हरेक नागरिकसँग जोडिएको स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयले तयारी थालेको बताए ।
प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामार्फत समग्र स्वास्थ्य क्षेत्रका समस्या पहिचान र समाधानको योजना बनिरहेको उनले बताए । पाठकले प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
प्रदेशले सञ्चालन गरिरहेका अस्पतालहरुमा रहेको जनशक्ति, उपकरण पूर्वाधार लगायतका क्षेत्रमा रहेको समस्या समाधानको उपाय खोजी गर्ने भन्दै पाठकले हरेक नागरिकका घरघरमा सरकारको उपस्थिति अनुभूति गराउने बताए ।
कालिका सहकारी संस्था बागलुङको सातौं साधारणसभा उद्घाटन गर्दै मन्त्री पाठकले बागलुङको विकासका लागि स्वास्थ्य क्षेत्रमा गर्न सकिने सबैखाले कामका लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय सधैं तयार रहने बताए ।
सहकारीको प्रसंगमा बोल्दै मन्त्री पाठकले सहकारी आन्दोलन केही स्वार्थी सञ्चालकहरुका कारण धमिलो भएको भन्दै राम्रा सहकारीको संगत गर्न कोही पनि डराउनु नपर्ने बताए । आँफुले मन्त्री हुनुपूर्वनै सहकारी पीडितका विषयमा संसदमा आवाज उठाउँदै आएको स्मरण गर्दै पाठकले भने ‘एक दुई जनाका कारण सहकारी डुबे, सबै सकियो भन्ने अवस्था होईन्, समस्याग्रस्त सहकारीको पहिचान र बदमासलाई कारवाही गर्ने हो ।’
प्रचलित नियम र कानून विपरीत सञ्चालन भैरहेका सहकारीलाई कानूनको दायरामा ल्याउन कठिन भैरहेको भन्दै उनले सहकारीमा देखिएका समस्या छिट्टै समाधान हुने र बचतकर्ताले रकम फिर्ता पाउने वातावरण बन्ने विश्वास जगाए ।
साधारण सभामा वक्ताहरुले एकाद सहकारीको बदमासीका कारण समग्र सहकारी क्षेत्रमा परेको प्रभावको विषयमा मन्त्री पाठकको ध्यानाकर्षण गराएका थिए । सहमागिले सहकारीको ऋण लिएर नतिर्नेलाई सरकारी सुविधाबाट बञ्चित गर्नेसम्मको व्यवस्था गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कालिका सहकारीका संरक्षक कृष्णराज शर्मा, संविधानसभा सदस्य नरबहादुर थापा, भूमी आयोगका पूर्वअध्यक्ष धर्म कुँवर, सहकारीका सल्लाहकारहरु रामप्रसाद उपाध्याय, मोहनलाल शर्मा, हरिनारायण गौतम, बाबुलाल शाक्य लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष हिमाल प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष गीतादेवी शर्माको स्वागत र सचिव भुपाल चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो । सहकारीले स्नातक तहमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीमध्येबाट दुईजना, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । ७० वर्ष उमेर पुगेका ४२ जना जेष्ठ नागरिकलाई जनही एक हजार ७ सयका दरले नगदसहित सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर