गण्डकी । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा पोखरामा आज आयोजित कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार हरेक महिना कम्तीमा एकपटक सेवा सञ्चालनका साथै बहिरङ्ग, अन्तरङ्ग सेवा प्रदान गर्नुपर्नेछ ।
त्यस अवसरमा मन्त्री पौडेलले उपलव्ध स्रोत–साधनको अधिकतम उपयोग गरी सेवा विस्तारको योजना कार्यान्वयन भएको बताउँदै सेवाका आधारमा स्वास्थ्य संस्थाको वर्गीकरण हुनुपर्नेमा जोड दिए ।
स्वास्थ्य बीमालाई योगदानमा आधारित बनाउनुपर्ने बताउँदै दुवै अस्पतालका पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन आफू लागिपरेको बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत वक्ताले क्यान्सरको उपचारमा अस्पतालमा उपलव्ध सेवाबारे जानकारी दिएका थिए ।
मन्त्री पौडेलले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल तथा नेपाल परिवार नियोजन सङ्घ निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिए । रासस
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ